पोखरा महानगरलाई ल्याण्डफिल साइड छिटो हटाउन मुख्यमन्त्री पोखरेलको आग्रह

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश राजधानी पोखरालाई विकास गर्न प्रदेश सरकार र पोखरा महानगर मिलेर काम गर्नुपर्ने बताएका छन् । पोखरा महानगरको दशौँ नगरसभालाई सम्बोधन गदै मुख्यमन्त्री पोखरेलले जवसम्म दिल खोलेर सहकार्य हुन सक्दैन हाम्रो अभियान पुरा हुन नसक्ने बताए ।

पोखरेलले भने, पोखरालाई अगाडी राखेर हाम्रो सहकार्य हुदैन अगाडी बढ्दैन त्यो हाम्रो अभियान पुरा हुदैँन । प्रदेश सरकार, स्थानीय सरकार हातेमालो गरेर यो प्रदेशको राजधानीलाई विकास गर्न सहकार्यको आग्रह गरे ।

प्रदेश राजधानी पोखरालाई पर्यटकिय राजधानी घोषण गर्न संघीय सरकारलाई औपचारीक रुपमा आग्रह गरिएको उनले सभालाई जानकारी दिए ।

लेखनाथको लामेआहालमा क्षेत्रीय बसपार्क बनाउने कामलाई अगाडी बढाउन प्रदेश र पोखरा महानगरपालिका मिलेर अगाडी बढाउन पोखरेलले प्रस्ताव गरे । मुखब्जाका लागि आवश्यक ३४ करोड बरावरको रकम सहकार्य मार्फत व्यवस्था गरेर काम अगाडी बढाउन उनले अपिल गरे ।

पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेकाले ल्याण्डफिल साइड अहिलेको स्थानबाट हटाउन महानगरले जिम्मेवारी बहन गर्न पोखरेलले ध्यानाकर्षण गराए । त्यसका लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताएका पोखरेलले त्यसको जिम्मेवारी महानगरकै भएको बताए ।

  • २८ माघ २०७८, शुक्रबार १७:१६ प्रकाशित