सिमकोट पुगेका जहाज नेपालगञ्ज फर्किएः यात्रु अलपत्र

केन्द्रभाग मिडिया

सिमकोट ।

हुम्लाको सिमकोट पुगेको जहाज अचानक हावाहुरी चल्दा नेपालगञ्ज फर्किएको छ। हावाहुरी चल्दा आज बिहानदेखि कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ ।

केही दिन अघि परेको बाक्लो हिउँ पग्लिएर विमानस्थलमा जम्मा हुने गरेको छ । घाम लागेपछि दिनहुँ बिहान १०र११ बजेपछि मात्र उडान हुँदै आएकामा आज हावाहुरी चल्दा हवाई सेवा अवरुद्ध हुन पुगेको हो ।

नेपालगञ्जबाट हुम्लाका लागि उडान भरेका सीता, समिट र तारा एयरका जहाज सिमकोटको आकासमा पुगेर पनि फिर्ता भएको विमानस्थल श्रोतले जानकारी दिएको छ । विमानस्थलमा अवतरण गर्ने क्रममा एक्कासी हावाहुरी चल्दा जहाज नेपालगञ्ज नै फिर्ता भएका छन् ।

हवाई उडान नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी रोकिएको छ । यात्रु सिमकोटमै अलपत्र परेका छन् ।

  • २८ माघ २०७८, शुक्रबार १५:५० प्रकाशित