एमसीसीमा क्लारिफिकेसन चाहिन्छ, यसै समर्थन गर्न सकिंदैनःमाधव नेपाल

केन्द्रभाग मिडिया

फाइल तस्बिर

वीरगञ्ज ।

एमसीसी पारित गर्न सत्ता गठबन्धनभित्र दौडधुप चलिरहेको बेला नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले यसै एमसीसीलाई समर्थन गर्न नसक्ने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गराउनका लागि कसरत गरिरहेको बेला नेपालले भने एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने बताएका हुन् ।

नेपालले एमसीसीमा क्लारिफिकेसन चाहिने बताउँदै संशोधन बिनै पास गर्न आफु सहमत नहुने जिकिर गरेका हुन् ।वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसीबारे जनतालाई स्पष्ट पार्नुपर्ने बताएका छन् ।

‘एमसीसीको बारेमा नेपाली जनता र राजनीतिक दल विभाजित छन् । त्यसैले एमसीसीमा क्लयरिफिकेसन चाहिन्छ, कतिपय कुरा मिलाउनुपर्ने छ । तर जनमत एमसीसीको विरुद्धमा छ ।जनतालाई यसबारे स्पष्ट पार्नुपर्छ,उनले भने ।

  • २८ माघ २०७८, शुक्रबार १४:२८ प्रकाशित