चितवनमा देखियो बर्ड फ्लु, दुई सय कुखुरा मरे

केन्द्रभाग मिडिया

चितवन ।

पूर्वी चितवनको राप्ती नगरपालिकामा बर्ड फ्लु भेटिएको छ ।

राप्ती नगरपालिका(६ स्थित अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्ड फ्लु भेटिएको हो । फर्ममा पालिएका दुई हजार कुखुरामध्ये बर्ड फ्लुले दुई सय कुखुरा मरिसकेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

कुखुरा भटाभट मरेपछि २५ माघमा कुखुराको नमुना लिएर बर्ड फ्लु परीक्षण गरिएकोमा बुधबार पुष्टि भएको हो । बर्ड फ्लुको रोकथाम तथा नियन्त्रणका लागि बुधबार केन्द्रबाटै बर्ड फ्लु देखिएको फर्मको सय मिटर आसपासमा पालिएका पक्षीहरू नष्ट गर्न निर्देशन दिइएको थियो ।

  • २८ माघ २०७८, शुक्रबार १३:१७ प्रकाशित