एमसीसीबारे निर्णय लिन ओलीलाई प्रचण्डको फोन: ओलीले भने,’पहिला तपाई नै लिनुस निर्णय’

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन तोडेरै भएपनि एमसीसी पास गर्ने हल्ला चलेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हार गुहार गर्न थालेका छन् ।

संशोधनबिना कुनै पनि हालतमा एमसीसी पास नहुने अडान लिएका प्रचण्डले हिजो बिहिबार साँझ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेका छन् ।प्रचण्डले ओलीलाई फोन गरेर एमसीसीबारे निर्णय लिन आग्रह गरेका हुन् । तर ओलीले भने पहिला तपाई नै निर्णय लिनुस भन्दै जवाफ फर्काएको बताइएको छ।

विहीबार सॉझ प्रचण्डले ओलीलाई फोनमार्फत एमसीसीबारे निर्णयमा पुग्न आग्रह गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । प्रचण्डले ओलीलाई गरेको आग्रह उद्धृत गर्दै रिजालले भने, ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन ।’

ओलीले पहिले आफूले निर्णय गर्न प्रचण्डलाई जवाफ फर्काएको रिजालको भनाइ छ । ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४/५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ, ओलीको भनाइ उद्धृत गर्दै उनले लेखेका छन्, अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस् । नेकपा ९नेमाले० त निर्णय गरिहाल्छ ।’

  • २८ माघ २०७८, शुक्रबार १०:४० प्रकाशित