महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

केन्द्रभाग मिडिया

काठमाडौं ।
महान्यायाधिवक्ता कार्यालयले आर्थिक वर्ष २०७७ ०७८ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहबीच राष्ट्रपति भण्डारीसमक्ष महान्यायाधिवक्ता खम्मबहादुर खातीले वार्षिक प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधानअनुसार महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिपति समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपति भण्डारीले प्रतिवेदनमा भएका सुझाव सरकार र सम्बन्धित निकायले कार्यान्वयन गर्ने अपेक्षा गरेको बताइन् ।

महान्यायाधिवक्ता खातीले महान्यायाधिवक्ता कार्यालयका समस्या र समाधानका विषयमा विस्तृतरुपमा प्रतिवेदनमा रहेको र यसको कार्यान्वयन भएमा कानूनको शासन स्थापना भई फौजदारी न्यायप्रशासन प्रभावकारी हुने र पीडितले न्याय पाउने बताए ।

  • २७ माघ २०७८, बिहीबार १६:४८ प्रकाशित