गण्डकी अपडेट : आज २ संक्रमितको मृत्यु, (संक्रमितको सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा पछिल्लो समय संक्रमणदर र मृत्युदर घटिरहेको छ । हिजो गण्डकीमा ४ संक्रमितको मृत्यु भएकोमा आज २ संक्रमितले ज्यान गुमाएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका स्याङ्जाका १ र बागलुङका १ संक्रमितको ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

ज्यान गुमाउनेमा स्याङ्जा कालिगण्डकी गाउँपालिका ५ का ६९ वर्षीय पुरुष र बागलुङ काठेखोला गाउँपालिका २ का ७१ वर्षीय पुरुष रहेका छन् । यो सँगै प्रदेशमा संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ४५८ पुगेको छ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १३८ जना संक्रमित थपिएका छन् । भने ४२५ जना निको भएका छन् ।४०७ जनाको परीक्षण गर्दा ८ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

संक्रमित हुनेमा कास्कीका ३७, म्याग्दीका ७, लमजुङका ४६, तनहुँका ३, नवलपरासीका ३, बागलुङका ४, पर्वतका १५ र स्याङ्जाका २३ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १ हजार २४० पुगेको छ भने निको हुनेको संख्या ९७ हजार ६८९ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ८३ हजार २८९ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा २ हजार ९३ सक्रिय संक्रमित रहेका छन् ।ती मध्ये २ हजार ५४ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ।

  • २७ माघ २०७८, बिहीबार १६:३३ प्रकाशित