अर्काको बच्चा चोर्ने २ महिला पक्राउ

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

अर्काको बच्चा चोरेको आरोपमा धनुषामा दुई महिला पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका ६ बस्ने अमीर राइनका सात महिनाका छोरा अख्तर राइनलाई चोरी गरेर भाग्दै गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूको नाम प्रहरीले खुलाएको छैन् । उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका १९ बेंगास्थित चौरीबाट पक्राउ गरिएको प्रहरीले बताएको छ।

  • २७ माघ २०७८, बिहीबार १५:०० प्रकाशित