इङ्ल्याण्डले आइसोलेशनमा बस्नुपर्ने नियम हटाउँदै

केन्द्रभाग मिडिया

इङ्ल्याण्डमा अब आइसोलेशन बस्नुपर्ने नियम हट्ने भएको छ।

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले संक्रमित आइसोलेशनमा बस्नुपर्ने नियम यहि महिनाको अन्त्य सम्म हटाउने बताएका छन् । उनले महामारी नियन्त्रणका लागि इङ्ल्याण्डमा बाँकी रहेका सबै प्रतिबन्धहरू पनि हटाउने बताएका छन् ।

इङ्ल्याण्डमा अहिले कोभिड सङ्क्रमण पुष्टि भएका व्यक्तिहरू पाँच दिनसम्म घरमा एकान्तबास, आइसोलेशनमा बस्नुपर्ने नियम छ। हाल लागु यस्ता प्रतिबन्धहरूको आगामी मार्च २४ सम्मका लागि थिए।तर जोन्सनले सङ्क्रमण घट्दै गए छिट्टै आन्तरिक प्रतिबन्धहरू हटाउने त्यहाँका सांसदहरूलाई बताएको जनाइएको छ।

उनले संसद् अधिवेशन स्थगन भएको समयमा कोभिडसँगै बाँच्ने सरकारको रणनीति तयार गर्न आफूले काम गर्ने जानकारी गराएका छन्।

ज्यानुअरीको अन्त्यबाट कोभिड सङ्क्रमण दर निरन्तर ओरालो लागिरहे पनि त्यहाँ बुधवारमात्रै ६८ हजारमा सङ्क्रमण पुष्टि भएको थियो।प्रधानमन्त्री कार्यालयले कोभिड प्रतिबन्ध सम्बन्धी कानुनहरूलाई निर्देशिकाहरूले प्रतिस्थापन गर्ने तर कोभिड भएका व्यक्तिहरूलाई काममा नजान आग्रह गरिने जनाएको छ।

  • २७ माघ २०७८, बिहीबार १४:३६ प्रकाशित