प्रचण्डको प्रस्तावमा शेखरको ठाडो जवाफः भने,‘ चुनावमा गठबन्धन सम्भव छैन’

केन्द्रभाग मिडिया

काठमाडौं ।

काँग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

अध्यक्ष प्रचण्डलाई भेट्न नेता कोइराला आज बिहीबार बिहान खुमलटार पुगेका थिए । भेट प्रचण्डले स्थानीय चुनावमा गठबन्धन बनाएर जाने प्रस्ताव राखेको बताइको छ। कोइरालाले भने प्रस्ताव अस्वीकार गरेका छन् ।

‘वडा वडामा गठबन्धन सम्भव छैन । केन्द्रबाट तोकेर एलाइन्समा चुनाव लड्ने कुरा म अन्तिमसम्म विरोध गर्छु, बरु चुनावपछि सहकार्य गर्न सकिन्छ’, प्रचण्डलाई कोइरालाको जवाफ थियो ।

कोइराला काँग्रेस नेता अमरेशकुमार सिंहसहित प्रचण्ड निवास खुमलटार पुगेका थिए । कोइराला र प्रचण्डबीच गठबन्धन, एमसीसी, संसद् खुलाउने लगायतका विषयमा छलफल भएको बताइएको ।

प्रचण्डसँगको भेटमा कोइरालाले संसद्लाई बन्धक बनाउन नहुने धारणा राखेका थिए ।

  • २७ माघ २०७८, बिहीबार १३:०७ प्रकाशित