देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा पेस गर्नका लागि सहमति जुटाउन गठबन्धन भित्र छलफल तथा भेटघाट तीव्र पारेका छन् ।

एससीसी पास गर्नका लागि सहमति नबनेपछि बुधबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरेर देउवा सहमति जुटाउन लागि परेका छन् । यसैबीच आज देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले समसामयिक विषयमा उनीहरुबीच करिब एक घण्टा छलफल भएको बताए । आजै बिहान काँग्रेस नेता शेखर कोइराला र प्रचण्डबीच पनि छलफल भएको थियो । कोइरालासँग भेटवार्तापछि माधव नेपालसहित प्रचण्ड बालुवाटार पुगेका थिए ।

  • २७ माघ २०७८, बिहीबार १२:५० प्रकाशित