गण्डकी अपडेटः पोखराका २ सहित ४ संक्रमितको मृत्यु, आज कति संक्रमित थपिए ?(सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा आज पनि ४ संक्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका ३ र गण्डकी मेडिकलमा उपचाररत एक गरी ४ जनाको ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

ज्यान गुमाउनेमा पोखरा २१ की ७७ वर्षीया वृद्धा,पोखरा १७ का ७२ वर्षीय वृद्ध, स्याङ्जा पुतलीबजार नगरपालिका ७ का ६५ वर्षीय पुरुष र पर्वत मोदी गाउँपालिका ५ की ३५ वर्षीया महिला रहेको निर्देशनालयले जनाएको छ। यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ४५६ पुगेको छ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १५६ जना संक्रमित थपिएका छन् । भने २६३ जना निको भएका छन् ।४६४ जनाको परीक्षण गर्दा १० जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

संक्रमित हुनेमा कास्कीका ५६,गोरखाका १, मुस्ताङका ४, म्याग्दीका ४६, लमजुङका १०, तनहुँका १५, नवलपरासीका ४, बागलुङका ५, पर्वतका ६ र स्याङ्जाका ९ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १ हजार १०२ पुगेको छ भने निको हुनेको संख्या ९७ हजार २६४ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ८२ हजार ८८२ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा २३८२ सक्रिय संक्रमित रहेका छन् ।ती मध्ये २३४४ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ।

  • २६ माघ २०७८, बुधबार १६:१८ प्रकाशित