कमल थापापछि यी दुई संस्थापक सदस्यले छाडे राप्रपा

केन्द्रभाग मिडिया

काठमाडौं ।

कमल थापाले पार्टी त्यागे पछि अन्य दुई संस्थापक सदस्यले पनि राप्रपाबाट अलग्गिएका छन् ।

थापाले पार्टी परित्याग घोषणा गरेको भोलिपल्टै आज(बुधबार) बिहान राप्रपाका संस्थापक सदस्यद्वय चन्द्र गुरुङ र उद्धव पौडेलले पार्टी छाडेको घोषणा गरेका हुन्।

गुरुङले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘राप्रपामा बस्दाको पल सदैव अविष्मरणीय रहनेछ। आजैदेखि राप्रपासँगको संलग्नतालाई अन्त्य गर्दछु। सबैलाई शुभकामनासहित धन्यवाद व्यक्त गर्दछु। सबै को जय होस्’

  • २६ माघ २०७८, बुधबार १४:१५ प्रकाशित