आन्तरिक छलफलमा जुट्दैँ काँग्रेस पदाधिकारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

बालुवाटारमा नेपाली काँग्रेसका पदाधिकारीको बैठक बस्दैछ ।

हिजो पार्टी सभापति शेरबहादुर देउवाको अनुपस्थितीमै बसेको बैठकमा छलफल भएका विषयबारे देवालाई जानकारी दिन बैठक बोलाइएको बताइएको छ। यस्तै भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डामाथि बुधबार दिउँसो २ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा छलफल हुन लागेको हो ।

मंगलबार सभापति बाहेक पदाधिकारीहरुबीच भ्रातृ तथ शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी र स्थानीय तह निर्वाचनको तयारीका विषयमा पार्टी कार्यालय सानेपामा छलफल भएको थियो ।

काँग्रेस म्याद सिकाएका भ्रातृ तथा शुभेच्छुक संस्थालाई अधिवेशन उन्मुख गराउने तयारी छ । त्यसका लागि नयाँ कमिटी ल्याउने कि वर्तमान कमिटीलाई अधिवेशन गराउने गरि समय थप्ने भन्नेमा छलफल भइरहेको छ । यस्तै अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुनभित्र अधिवेशन गराउने काँग्रेसको तयारी छ ।

  • २६ माघ २०७८, बुधबार १२:५९ प्रकाशित