पोखरा महानगरको मेयर पदमा उम्मेदवारी दिने साहित्यकार पौडेलको घोषणा

केन्द्रभाग मिडिया

पोखरा ।

साहित्यकार गनेस पौडेलले पोखरा महानगरपालिकाको मेयरमा उठ्ने घोषणा गरेका छन्। सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषण गरे लगत्तै पौडेलले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । सामाजिक संजाल फेसबुकमार्फत उनले उम्मेदवारी घोषणा गरेका छन् ।

उनले आफूलाई समर्थन गर्न पोखरेलीलाई आग्रह गरेका छन्। उनले पोखरामा रहेर साहित्य संगै समाज सुधारको पक्षमा आवाज उठाउदै आएका छन् ।

उनको फेसबुक स्टाटस् यस्तो छ ।

जित वा हारभन्दा पर पनि यौटा लडाईँ हुन्छ।
दशकौंको बहुमतले समेत कहिल्यै समेट्न नसकेको एकथरी ‘अटेरी’ मत हुन्छ।
म त्यो लडाईँमा जाँदैछु।
यसपटक ‘अटेर’ गर्दैछु।
आसन्न स्थानीय निर्वाचनमा पोखरा महानगर पालिकाबाट मेयरको पदमा उम्मेदवारी दिने निर्णय गरेको छु!
आउनुस केही गरौँ। अति भो ‘अटेर’ गरौँ !
  • २६ माघ २०७८, बुधबार ११:२८ प्रकाशित