भोलिको प्रतिनिधि सभाको बैठकमा प्रवेश होला एमसीसी ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

बुधबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक १ बजे बस्ने गरी बोलाइएको छ । बैठकअघि भोलिका लागि सम्भावित कार्यक्रमहरू समेत तय गरिएको छ ।

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार भोलिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पेस गर्ने कार्यक्रम गरिएको छ ।

यस्तै अमेरिकन सहयोग परियोजना एमसीसी संसद्मा टेबल गर्नका लागि सरकारले सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरेको छ । सभामुख सापकोटाले भने सम्पूर्ण राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति जुटेपछि मात्र संसद्मा अगाडि बढाउन तयार रहेको उनको सचिवालयले जनाएको छ ।

एमसीसी परियोजनाबारे राजनीतिक सहमति जुटिनसकेको अहिलेको अवस्थामा तत्काल यो विषय संसद्मा प्रवेश गर्ने सम्भावना कम रहेको छ ।

  • २५ माघ २०७८, मंगलवार १६:२२ प्रकाशित