प्रतिनिधि सभा बैठक भोलि : एमालेले अवरोध जारी राख्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधि सभा बैठक भोलि(माघ २६) गते बस्दैछ ।भोलि बस्ने प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोध जारी राख्ने भएको छ ।एमालेले गत भदौ २३ यता संसद् बैठक अवरोध गर्दै आएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद् खोल्ने विषयमा एमालेको नीति परिवर्तन नभएको बताए । ‘हाम्रो पूर्ववत अभियान र अवरोध जारी नै रहन्छ, जबसम्म सभामुखले निर्णय सच्चाउनुहुन्न वा राजीनामा दिनुहुन्न त्यसबेलासम्म संसद् अवरोध जारी रहन्छ’, प्रमुख सचेतक भट्टराईको भनाइ छ ।

नेता भट्टराईले प्रमुख प्रतिपक्षकै कारण सरकारले स्थानीय तहको मिति तोक्न बाध्य भएको भन्दै एमालेले अपनाएको नीति मुलुकको राजनीति र देशलाई समेत सही दिशामा लैजान महत्त्वपूर्ण भएको दाबी गरे ।

  • २५ माघ २०७८, मंगलवार १३:४२ प्रकाशित