कास्कीमा बढ्यो दूधको मुल्य : यस्तो छ दूध र दूग्धजन्य पदार्थको नयाँ मूल्य

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रिय व्यवसायीक पशुपालन तथा दूग्ध उत्पादन कृषक समाज नेपाल, कास्कीले दूधको मुल्य बढाएको छ ।

यहि माघ २२ गते बसेको बैठकले आगामी फागुन १ गते देखि लागु हुने गरि दूध तथा दूग्ध जन्यपदार्थमा मुल्य वृद्धि गरेको हो । दुध उत्पादनमा लागेका किसानहरुको लागतमा मुल्य भएको वृद्धिले किसान मारमा परेको भन्दै बाध्यतावश दूधको मुल्य वृद्धि गर्नु परेको कृषक समाज नेपाल कास्कीले विज्ञप्तिमार्फत जनाएको छ ।

मुल्य वृद्धि पछि अब सर्वसाधारणले भैसीको दूध प्रति लिटर १३० रुपैयाँ, गाईको दुध प्रतिलिटर १०० रुपैयाँ, दही प्रतिलिटर १४० रुपैयाँ, पनिर प्रति के.जी ८०० रुपैयाँ, ध्यु प्रतिलिटर १२०० रुपैयाँ र नौनी प्रतिकेजी १००० रुपैयाँ कायम गरिएको छ ।

सरकारले यही माघ १८ गते दूधको मुल्यमा ६ रुपैयाँ ५२ पैसा बढाएको थियो।यता कास्कीमा भने १० रुपैयाँले काँचो दूधको मुल्य वृद्धि भएको हो ।

  • २५ माघ २०७८, मंगलवार १३:२७ प्रकाशित