ढोरपाटनमा हिउँले कठ्याङ्ग्रिएर मर्न थाले मृग

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिउँले कठ्याङ्ग्रिएर एक रतुवा ९मृग०को मृत्यु भएको छ ।

शिकार आरक्ष क्षेत्रको माथिल्लो बुकी तथा जङ्गल क्षेत्रमा बाक्लो हिमपात भएपछि जाडो छल्न ढोरपाटन उपत्यका झरेको रतुवा हिउँमा फसेर मरेको हो । ढोरपाटन शिकार आरक्ष कार्यालयको उत्तरतर्फको जङ्गलमा मृतक रतुवा हिउँले पुरिएको अवस्थामा भेटिएको आरक्ष कार्यालयले जनाएको छ ।

उद्धार गरेर उपचार गर्ने क्रममा मृग मरेको ढोरपाटन शिकार आरक्ष केन्द्रका रेन्जर सुपुष्प रेग्मीले जानकारी दिनुभयो । हिउँमा फसेको अवस्थामा कुकुरले मृग फेला परेको थियो । एक वर्षको मृत मृग खाडलमा पुरिएको छ ।

अत्यधिक हिमपात र चिसोले ढोरपाटन क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

  • २५ माघ २०७८, मंगलवार १०:०७ प्रकाशित