यस्तो छ आजको मौसम !

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रही तराईका केही भू-भागहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज मंगलबार प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

  • २५ माघ २०७८, मंगलवार ०८:५९ प्रकाशित