अब सीडीओ बन्न कानुनमा स्नातक वा ३ महिने तालिम अनिवार्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख जिल्ला अधिकारी हुनका लागि कानुनमा स्नातक गरेको वा ३ महिना कानुनसम्बन्धी तालिम लिएको हुनुपर्ने व्यवस्था लागु हुने भएको छ ।
अदालतको आदेशअनुसार सो मापदण्ड अवलम्बन गर्न अहिले तालिम चलिरहेको गृहमन्त्री बालकृष्ण खाँणले बताए । सोमबार गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गर्दै खाँणले सो कुरा बताएका हुन् ।

‘प्रमुख जिल्ला अधिकारीका लागि सो मापदण्ड पालनामा हामी संवेदनशील छौं’ मन्त्री खाँणले भने–‘तीन महिने तालिम शुरुवात भएको छ ।’

  • २४ माघ २०७८, सोमबार १७:०१ प्रकाशित