गण्डकी अस्पतालमा उपचाररत ३ सहित ४ संक्रमितको मृत्यु, कुन जिल्लामा कति संक्रमित थपिए? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा संक्रमणदर घटिरहँदा मृत्युदर भने बढ्न थालेको आजको तथ्यांकले देखाएको छ।

पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा थप ४ संक्रमितको ज्यान गएको छ। ज्यान जानेमा कास्कीका २, लमजुङ र स्याङ्जाका एक/एक जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

पोखरा १५ की ५३ वर्षीया संक्रमित महिला र पोखरा ३ का ९४ वर्षीय वृद्धले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गुमाएका हुन् । यस्तै लमजङ बेसीशहर नगरपालिका ११ की ८१ वर्षीया वृद्धाको जिल्ला अस्पताल लमजुङ र स्याङजा विरुवा गाउँपालिका ८ का ८० वर्षीया संक्रमित पुरुषको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा ज्यान गएको हो ।

यो सँगै कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ४४८ पुगेको छ ।पछिल्लो २४ घण्टामा प्रदेशमा १३७ जना संक्रमित थपिएका छन् । भने ५१६ जना निको भएका छन् ।

४७४ जनाको परीक्षण गर्दा १० जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।संक्रमित हुनेमा कास्कीका ५१, मुस्ताङका २, म्याग्दीका १०, लमजुङका १७, तनहुँका ११, नवलपरासीका १३, बागलुङका १२, पर्वतका १० र स्याङ्जाका ११ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख ७९८ पुगेको छ भने निको हुनेको संख्या ९६ हजार ४८५ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ८१ हजार ९६६ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा २८६५ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २८२३ जना होम आइसोलेसनमा रहेका छन् ।

  • २४ माघ २०७८, सोमबार १६:३५ प्रकाशित