एनेकपाका अध्यक्ष गोपाल किराँती पार्टीबाट बर्खास्त

केन्द्रभाग मिडिया

काठमाडौं।

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) को ८ औं केन्द्रीय समितिको पूर्ण बैठकले अध्यक्षबाट गोपाल किराँतीलाई हटाएको छ ।

किराँतीको भूमिका शंकास्पद र आर्थिक रुपमा विचलन आएकोले अध्यक्षबाट हटाईएको पार्टीले जनाएको छ । उक्त बैठकले पार्टीको अध्यक्षमा भने आलोक रायमाझीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

रायमाझीले किराँतीमा सुरुदेखि नै वैचारिक विचलन आएको उल्लेख गरे ।

  • २४ माघ २०७८, सोमबार १३:०४ प्रकाशित