काँग्रेस प्रवक्तामा प्रकाशशरण महत नियुक्त

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली काँग्रेसको प्रवक्तामा डा।प्रकाशशरण महत नियुक्त भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले महतलाई सोमबार बिहान प्रवक्ता मनोनयन गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विश्वप्रकाश शर्मा काँग्रेस महामन्त्रीमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । महत काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । उनलाई केन्द्रीय सदस्य मनोनयन गरी केन्द्रीय कार्यसम्पादन समितिको सदस्य बनाइएको छ ।

  • २४ माघ २०७८, सोमबार १२:५४ प्रकाशित