रोकिराखेको ट्रकसँग कार ठोक्कियो : ३ जनाको मृत्यु, २ घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।

बुटवलमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । रोकिरहेको २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार बुटवल उपमहानगरपालिका –१२ स्थित तामनगर ठोक्किएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । घटनामा गम्भीर घाइते २ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

  • २४ माघ २०७८, सोमबार १०:१४ प्रकाशित