माग सम्बोधनको संकेत नपाएको भन्दै ‘नयाँ निर्णय’ लिदैँ कमल थापा

केन्द्रभाग मिडिया

काठमाडौं ।

राप्रपा पूर्व अध्यक्ष कमल थापाले आफ्नो माग सम्बोधनको संकेत नदेखेको भन्दै आफैले नयाँ निर्णय लिने भएका छन् ।

थापाले महाधिवेशनमा निर्मल निवासबाट भएको भनिएको हस्तक्षेपबारे छानबिन गर्न माग गर्दै आएका छन् । सोही सन्दर्भमा अध्यक्ष राजेन्द्र लिङ्देनसँग शनिबार थापाले भेट गरेको बताइएको छ ।

करिब डेढ घण्टाको भेटमा थापाले आफ्नो माग सम्बोधन हुने संकेत नपाएको बताउँदैँ नयाँ ढंगले अघि बढ्ने बताइएको छ । थापाले एक दुई दिनभित्रै ‘नयाँ निर्णय’ लिने गरी अघि बढेको बताइएको छ।

गत महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे पार्टीभित्र छानबिन हुनुपर्ने एक सूत्रीय माग अघि सारेका थापाले अध्यक्ष लिङ्देनले आफ्नो मागबारे सुनुवाइ नगरे ‘नयाँ निर्णय’ लिएर अघि बढ्ने तयारीमा जुटेका हुन् ।

  • २४ माघ २०७८, सोमबार ०९:५४ प्रकाशित