आज एक–दुई स्थानमा वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।

हिजो एक दिन खुलेको मौसम आज पुन बदली भएको छ । आज बिहानैदेखि पोखरासहित देशका अधिकांश स्थानको आकाश धुम्मिएको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षा को सम्भावना देखिएको छ ।

  • २४ माघ २०७८, सोमबार ०८:४८ प्रकाशित