गण्डकीमा कोरोना संक्रमण घट्दो, ४६ संक्रमित थपिदा १ संक्रमितको मृत्यु

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशमा कोरोनाभाइसर संक्रमण ओरालो लागेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार सार्वजनिक गरेको तथ्याङकमा थप ४६ जनामा संक्रमिण पुष्टि भएको छ ।

२०९ नमूना परिक्षण गर्दा थप संक्रमित पत्ता लागेको निर्देशनालयले जनाएको छ ।

तेस्रो लहर सुरु भए पछिको संक्रमित हुनेको यो सबै भन्दा कम संख्या हो । संक्रण मुक्त हुनेको संख्या भने ७१७ छ । थप १ संक्रमितको मृत्यु भएको निर्देशनालले जानकारी दिएको छ ।

  • २३ माघ २०७८, आईतवार १७:१२ प्रकाशित