थप १ हजार ३ सय ८६ जनामा संक्रमण, १४ जनाको निधन

केन्द्रभाग मिडिया

काठमाडौँ ।
आज नेपालमा कोरोना भाइरसका १ हजार ३ सय ८६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ६६ हजार ६०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ८ हजार ७ सय ४ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म ९ लाख ९ हजार ३ सय ४३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ९ हजार २ सय ५१ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो । थप १४ संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ ।

  • २३ माघ २०७८, आईतवार १६:५६ प्रकाशित