कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैँ : यस्ता छन् एजेण्डा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।बैठक माघ २७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

बैठकमा म्याद समाप्त भएका भातृ एवम् शुभेच्छुक संस्थाहरुका सम्बन्धमा र पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुका सम्बन्धमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

कांग्रेसमा आधा दर्जन बढि भ्रातृसंस्थाको कार्यकाल सकिएको छ भने १६ जिल्लामा पार्टीको जिल्ला अधिवेशन नै भएको छैन ।कांग्रेस सभापति शेरबहादुर देउवाले दुई साताअघि कार्यसम्पादन गठन गरेका हुन् । ४६ सदस्यीय कार्यसम्पादन समितिमा १३ पदाधिकारीसहित ३७ जना सदस्य रहेका छन् । बाँकी सदस्य मनोनित गर्न बाँकी छ ।

केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेका बेला कार्यसम्पादन समितिले आवश्यक निर्णय गर्न सक्ने कांग्रेस विधानको व्यवस्था छ । कार्यसम्पादन समितिले गरेका निर्णयहरु भने केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्नेछ । कांग्रेस केन्द्रीय समितिको आकार ठूलो भएपछि पार्टीमा छलफल गर्न कार्यसम्पादन समिति गठन गरिएको हो ।

  • २३ माघ २०७८, आईतवार ०९:०८ प्रकाशित