गल्याङ्– ११ मा नेकपा (एस)को वडा कमिटी गठन, अध्यक्षमा शिवलाल अर्याल

केन्द्रभाग मिडिया

युवराज अर्याल
स्याङ्जा ।
नेकपा (एकीकृत–समाजवादी) ले गल्याङ् नगरपालिकाको वडा नम्बर ११ मा वडा कमिटी गठन गरेको छ । शनिबार सम्पन्न नेकपा (एस)को वडा भेलाले शिबलाल अर्यालको अध्यक्षतामा वडा कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा कृष्ण प्रसाद खनाल र एकनारायण अर्याल चयन भएका छन् । सचिवमा प्रकाश अर्याल, उपसचिवमा भावना भट्टराई र कल्याण कंडेल चयन भएका छन् ।

कमिटीको सदस्यहरुमा कृष्ण कंडेल, रामु अर्याल, नवीन अर्याल, राजु अर्याल, ईमान अर्याल, चन्द्रकान्त अर्याल, कुस्माखर अर्याल, रुक्मागत अर्याल, चुडामणी अर्याल, कृष्ण प्रसाद अधिकारी, शिब भट्टराई, कविता भट्टराई, खेमराज अर्याल, गोपिकृष्ण अर्याल, रामकृष्ण अर्याल, चन्द्रकला अर्याल, रुकमाया अर्याल, सागर अर्याल, सुशिला अर्याल, सोमनाथ भट्टराई, यज्ञ भट्टराई र कविता भट्टराई लगायतका ४१ सदस्यीय रहेको छ ।

भेलामा बोल्दै नेकपा एसका स्याङ्जा इन्चार्ज प्रेम नारायण पौडेलले देशभक्त र कम्युनिष्ट आचरणयुक्त व्यक्तिहरु आफ्नो पार्टीमा सम्माहित हुने लहर देशभर नै चलेको बताए ।

उक्त अवसरमा पूर्व सांसद महेन्द्र थापामगर, अध्यक्ष रामचन्द्र भट्टराई, स्थानीय नेताहरु राजन शर्मा पराजुली र कृष्ण प्रसाद खनालले सम्बोधन गरेका थिए । नेकपा एकीकृत समाजवादी गल्याङ्ग नगर कमिटी अध्यक्ष गोपाल अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अनेरास्ववियू स्याङ्जाका सचिव नवदुर्गा कंडेलले गरेका थिए ।

  • २३ माघ २०७८, आईतवार ०७:२४ प्रकाशित