यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

केन्द्रभाग मिडिया

पोखरा ।
हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।  तराई भू-भागका केहि स्थानमा हुसु र कुहिरो लागेको छ।

दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

 

 

  • २३ माघ २०७८, आईतवार ०६:५० प्रकाशित