धम्पुसमा नेकपा (एस)को वडा कमिटी गठन, अध्यक्षमा लालप्रसाद भण्डारी

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एकीकृत समाजवादीले माछापुच्छ्रे गाँउपालिका वडा नं ७मा पार्टी वडा कमिटी र युवा संघ नेपालको वडा कमिटी गठन गरेको छ । शनिबार संयुक्त रुपमा सम्पन्न भेलाले कमिटीहरु गठन गरेको हो ।

भेलाले लालप्रसाद भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय नेकपा एसको वडा कमिटी गठन गरेको छ। उक्त कमिटीमा उपाध्यक्ष पदम गुरुङ, बुद्धीबहादुर गुरुङ, सचिव तेजबहादुर शिवभक्ती र उपसचिव थमन विक र गर्भे विक चयन भएका छन ।

त्यसै गरि भेलाले अमृत विक अध्यक्ष रहेको ४१ सदस्यीय युवा संघ नेपालको वडा कमिटी गठन गरेको छ। नवगठित कमिटीमा उपाध्यक्ष सोमन गुरुङ, निश्चल पुन, सचिव भुवन शिवभक्ती, सहसचिव सन्दिप सुनार र कोषाध्यक्ष विपिन्द्र गुरुङ चयन भएका छन ।

भेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा (एस) का केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष धनराज आचार्यले जनताको त्याग र वलिदानवाट प्राप्त लोकतन्त्रिक संविधानको मर्म र भावना माथी प्रहार गर्दै संसद भङ्ग गरि प्रतिगामी कदम चाल्नेहरु नेत्रित्वमा रहेको र तत्काल सच्चिने कुनै सम्भावना नरहेकाले आफुहरुले एमालेवाट विद्रोह गरेको वताए।

नेता आचार्यले आफ्नो पार्टी जनपक्षीय ऐजेण्डाहरुसहित जनतामा जाने दावी गरेका छन् । उनले समाजवादी मोडलमा मुलुकलाई अगाडी बढाउन पनि जनताले नेकपा एसलाई रोज्नेमा आफुहरु विश्वस्त रहेको वताए । कार्यक्रमलाई सम्वोधन गर्दै साविक धम्पुस गाविस अध्यक्ष तथा नेकपा एसका सल्लाहकार परिषद सदस्य दलवहादुर गुरुङले पार्टीलाई नयाँ सोच र शैलिमा अगाडि बढाउदै जनताको समस्याहरु सम्वोधन गर्ने गरि जनस्तरमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टीका गण्डकी प्रदेश सदस्य गोपाल गिरी, कास्की जिल्ला सचिव होम नेपाली , उपसचिव पुर्ण लामा, मेनका आचार्य, जिल्ला कमिटिका सदस्यहरु नारायण अधिकारी, असिम गुरुङ, कृष्णप्रसाद अधिकारी, पदमबहादुर गुरुङ, वडा नं ६ धितालका पार्टी अध्यक्ष झविलाल अधिकारी, युवा संघ नेपालका स्थायी कमिटी सदस्य अशोक केसी लगायतले सम्वोधन गरेका थिए ।

नेकपा (एस) माछापुछ्रे गाँउ पालिका कमिटीका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत वडा नं ७ का जनप्रतिनिधि समेत रहेका पार्टी नेता बावुराम भण्डारीले गरेका थिए भने संचालन दिलिप गुरुङले गरेका थिए।

  • २२ माघ २०७८, शनिबार २०:४६ प्रकाशित