टावरमा समस्या देखिए पछि भैरहवा बिमानस्थल बन्द

केन्द्रभाग मिडिया

n'lDagL, @& df3 M e}/xjfdf lgdf{0ffwLg uf}tda'4 cGt/f{li6«o ljdfg:ynsf] 6ld{gn 6fj/ . t:jL/ M g/]z s];, /f;;

भैरहवा ।
गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल बन्द भएको छ । शुक्रबार परेको बर्षा, हावा र बिमानस्थल नजिकै परेको चट्याङ्गको कारण टावरमा समस्या आए पछि बिमानस्थल बन्द गरिएको हो ।

गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलका महाप्रवन्धक गोविन्द प्रसाद दहालका अनुसार करिब ४ बजे टावर नजिकै परेको चट्याङ्गका कारण टावरमा धुवाँ आएको थियो । यसको साथै टावरको तार चुडिएको र रन्वेको पापी (पिएपिआइ) लाईट बिग्रेको कारण बिमानस्थल बन्द गरिएको दहालले बताए ।

“समस्या आएको कारण बिमानस्थल बन्द गरिएको छ ।” दहालले भने भोली पापी लाईट बने राती अवतरण हुनेछ अन्यथा भिओआर प्रविधिको प्रयोगबाट दिउसो मात्र बिमानस्थल सञ्चालनमा आउने सम्भावना रहेको छ ।”

बिमानस्थल बन्द भए पछि भैरहवा बिमानस्थलमा रहेका यात्रु र यहा आउने यात्रुहरु प्रभावित भएका छन्।

  • २१ माघ २०७८, शुक्रबार १८:०७ प्रकाशित