आत्महत्या गरेको भन्दै प्रहरीलाई खबरै नगरि गाडेको शव प्रहरीले निकाल्यो, श्रीमान र ससुरा पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

कपिलवस्तुमा आत्महत्या गरेको भन्दै परिवारले दाहसंस्कार गरिसकेको शवलाई प्रहरीले निकालेको छ ।

यशोधारा गाउँपालिका(८ सिंहखोरमा २० वर्षीया रहिसुन खान झुण्डिएर मरेको भन्दै उनका श्रीमान् र परिवारका अन्य सदस्यले हिजो विहीबार धार्मिक परम्पराअनुसार गाडेर दाहसंस्कार गरेका थिए ।

तर, रहिसुनका माइती पक्षले आफूलाई शंका लागेको भन्दै प्रहरीमा उजुरी दिए दिएपछि प्रहरीले शव निकालेर अनुसन्धान थालेको हो । शवको पोष्टमार्टम पछि मात्रै उनको मृत्युबारे खुल्ने प्रहरीले जनाएको छ ।

प्रहरीले मृतक युवतीका २२ वर्षीय श्रीमान् मोहम्मद नसिम अलिभाट र ससुरा ५० वर्षीय अब्बास अलिभाटलाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

  • २१ माघ २०७८, शुक्रबार १६:४७ प्रकाशित