आज १६ संक्रमितको मृत्यु:११ हजारको परीक्षण गर्दा २५२६ जनामा संक्रमण पुष्टि

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर १६ संक्रमितको ज्यान गएको छ। भने आज शुक्रबार देशभर २ हजार ५२६ कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११ हजार ७३ जनाको कोभिड परीक्षण गरिएको थियो ।

२४ घण्टामा ८ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ९५ हजार ८६८ जना संक्रमणमुक्त भइसकेका छन् ।हालसम्म ११ हजार ७९४ जनाको मृत्यु भइसकेको छ ।देशभर सक्रिय संक्रमित ५६ हजार ४५७ जना छन् ।

  • २१ माघ २०७८, शुक्रबार १६:२५ प्रकाशित