मधेसमा तीव्र हावाहुरीः रुख ढल्दा च्यापिएर दुई विद्यार्थीसहित ३ जनाको मृत्यु

केन्द्रभाग मिडिया

धनुषा ।

मधेस प्रदेशमा हावाहुरीका कारण दुई विद्यार्थीसहित तीन जनाको ज्यान गएको छ।

आज शुक्रबार बिहानैदेखि तीव्र गतिमा चलिरहेको हावाहुरीका कारण रूख ढल्दा च्यापिएर ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार धनुषाको सबैलामा २ जना र रौतहटमा १ जनाको मृत्यु भएको हो।

प्रदेश प्रहरी कार्यालयको अनुसार हावाहुरीले रुख ढाल्दा त्यसमा च्यापिएर मृत्यु हुनेहरूमध्ये धनुषा सबैलाका ८ वर्षीया प्रतिमाकुमारी सदा र १२ वर्षीय अरविन्द सदा रहेका छन् ।

विद्यालयमा रहेकै बेला त्यहाँको रुख ढल्दा दुवै विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।यस्तै रौतहटमा हावाहुरीले रुख ढलेर घरमाथि खस्दा घर भत्किएपछि ४५ वर्षीया महिला फूलमति देवीको मृत्यु भएको छ ।

  • २१ माघ २०७८, शुक्रबार १४:४२ प्रकाशित