मुर्ति चोरेको आरोपमा जेल सजाय भोगेका गैरसांसदलाई मन्त्री बनाउदैँ माओवादी केन्द्र

केन्द्रभाग मिडिया

सुर्खेत ।

कर्णाली प्रदेशमा जेल सजाय भोगेका गैरसांसदलाई मन्त्री बनाउन सिफारिस भएको छ।

नेकपा माओवादी केन्द्रले फौजदारी अभियोगमा दुई वर्ष जेल सजाय भोगेका छिरिङ्ग दुम्दुम लामा उर्फ कार्चेन लामालाई मन्त्री बनाउन सिफारिस गरेको हो ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले ६ महिने मन्त्रीका लागि लामालाई सिफारिस गरेको हो । नैतिक पतन देखिएका लामालाई मन्त्रीमा सिफारिस गरेको भन्दै माओवादीमा चर्को आलोचना भएको छ ।

लामाले चीनको ताक्लाकोटस्थित खोचेर गुम्बामा रहेको १२ सय वर्ष पुरानो मुर्ति चोरी गरेको आरोपमा जेल सजाय भोगका थिए । लामासहित छिरिङ्ग पाल्दन लामाविरुद्ध जिल्ला प्रहरी कार्यालय हुम्लाले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । प्रहरीले २०४९ मंसिर १४ गते नैतिक पतन देखिने फौजदारी अभियोगमा मुद्दा दायर गरेको थियो ।

प्रहरीले मुद्दा दायरगरेपछि अदालतका न्यायाधीश निलकण्ठ उपाध्यायले २०५१ मंसिर २५ गते फैसला सुनाएका थिए । उक्त फैसलामा उनीसहित दुवै आरोपीलाई दुई–दुई वर्ष कैद र पाँच–पाँच हजार रुपैयाँ जरिवाना हुने आदेश दिइएको थियो । तर लामाले भने २०७८ असोज ११ गते मात्रै कैद र जरिवाना भुक्तान गरेको पाइएको छ ।

  • २१ माघ २०७८, शुक्रबार १४:१३ प्रकाशित