आयल निगम भन्छः पेट्रोलको भाउ अझै ३५ रूपैयाँसम्म बढ्न सक्छ’

केन्द्रभाग मिडिया

काठमाडौं । पेट्रोलको भाउ महिनै पिच्छे बढ्दा सर्वसाधरण मारमा परेका छन् ।

मूल्यवृद्धिको चौतर्फी विरोध पनि भइरहेको छ । हिजो मात्रै पोखराको मानवअधिकार चोकमा एमालेको भातृसंस्था युवा संघले सांकेतिक विरोध गरेको थियो । उनीहरुले गाडीलाई डोरीले तान्दै र मोटरसाइकललाई डोर्‍याउँदै मूल्यवृद्धिको विरोध गरेका थिए ।

मुल्यवृद्धि गरेता पनि अझै घाटा मै रहेको आयल निगमले बताएको छ । पेट्रोलको भाउ अन्र्र्तराष्ट्रि बजारमा वृद्धि भएका कारण नेपालमा पनि मुल्य वृद्धि भइरहेको आयल निगमको भनाई छ ।यसैबीच आयाल निगमले अझै ३५ रुपैयाँसम्म पेट्रोलको भाउ बढ्न सक्ने बताएको छ।

नेपाल आयाल निगमले अहिले विश्वबजारमा पेट्रोलिय पदार्थको मूल्य प्रतिव्यारल ८५ देखि ८८ डलर रहेको बताएको छ ।
र अहिले ८८ प्रति व्यारल मूल्य रहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर प्रतिव्यारल १२० डलरसम्म पुग्न सक्ने निगमले जनाएको छ।

प्रतिव्यारल १ डलर मूल्य वृद्धि हुँदा नेपालमा प्रतिलिटर करिब १ रूपैयाँ बढ्छ । प्रतिव्यारल ८५ बाट १२० डलर मूल्यवृद्धि हुँदा नेपालको पेट्रोलिय पदार्थमा प्रतिलिटर ३५ रूपैयाँसम्म बढ्नसक्ने निगमले बताएको छ।

विश्व बजारमा कच्चा तेलको मूल्यवृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा पनि पर्छ । विश्व बजारमा मूल्य घट्दा नेपालमा पनि घट्छ र बढ्दा नेपालमा पनि बढ्छ ।

विश्व बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भइरहने र नेपाल आयल निगमलाई निरन्तर घाटा मात्रै भइरहने हो भने पेट्रोलियम पदार्थ आयातमा समेत समस्या हुनसक्ने निगमले बताउँछ ।

अहिलेसम्म कै उच्च मूल्य हुँदा पनि नेपाल आयाल निगमलाई प्रतिलिटर १३ रूपैयाँ २३ पैसा र डिजेलमा ११ रूपैयाँ १३ पैसा घाटा छ । मट्टितेल, आन्तरिक हवाई ईन्धन र अन्तर्राष्ट्रिय हवाई इन्धनमा भने फाइदा छ ।

हाल पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल आयाल निगमलाई १५ दिनमा २ अर्ब २३ करोड घाटा हुने निगमले बताएको छ ।२०७० फागुन ३० गते पेट्रोल प्रतिलिटर १ सय ४० रूपैयाँ थियो । अहिले १ सय ४२ पुगेको छ ।

  • २१ माघ २०७८, शुक्रबार १३:५८ प्रकाशित