आज ३१७५ कोरोना संक्रमित थपिए, १४ जनाको निधन

केन्द्रभाग मिडिया

काठमाडौं। पछिल्लो २४ घण्टामा ३ हजार १ सय ७५ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै, १४ जनाको कोरोना संक्रमणको कारण निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार निको हुनेको संख्या ८ हजार ७ सय २३ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जना गरी ३ हजार १७५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

  • २० माघ २०७८, बिहीबार १७:४६ प्रकाशित