युट्यूवरलाई पिट्ने म्यानपावर सञ्चालक ठगी आरोपमा पक्राउ

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

काठमाडौं ।

केही दिन अघि युट्युवरमाथि कुटपिट गर्ने म्यानपावर चालक पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकाहरुको विषयमा रिपोर्टिङ गर्न म्यानपावरको अफिसमा गएका युट्यूवरहरुमाथि कुटपिट गर्ने काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका सञ्चचालक भीम गुरुङ प्रकाउ परेका हुन् ।

उनी ठगी आरोपमा पक्राउ परेका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ले विहीबार गुरुङलाई पक्राउ गरेको हो ।

यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा यूएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको हो ।

  • २० माघ २०७८, बिहीबार १६:५९ प्रकाशित