जनमत पार्टीका कार्यकर्ताद्धारा प्रधानमन्त्री र कृषिमन्त्रीको पुत्ला दहन

केन्द्रभाग मिडिया

बुटवल ।

किसानको मुद्धा लिएर आन्दोलन गर्दै उग्ररुपमा प्रस्तुत भएको जनमत पार्टीले आज प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला जलाएका छन् ।

पार्टीले अघि सारेका मागहरु सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै जनमत पार्टीले रुपन्देहीका विभिन्न स्थानमा पुत्ला दहन गरेको हो।

जनमत पार्टी रुपन्देहीको आयोजनामा रुपन्देहीको धकधई, बनगाईलगायतका स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गरेको हो। पुत्ला दलन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। तर कसैलाई पक्राउ भने गरेको छैन ।

जनमत पार्टीले किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमै मल र बिउको उपलब्ध हुनुपर्ने, सिंचाईको व्यवस्था, सिंचाई नभएको ठाउंमा सिंचाईका लागि प्रयोग हुने विद्युत निःशुल्क, किसानलाई राहत,कृषि बालीको समर्थन मूल्य, उखु किसानको बक्यौता भुक्तानी, किसानलाई पेन्सन लगायतका माग सरकारसंग राखेको छ।

  • २० माघ २०७८, बिहीबार १६:५२ प्रकाशित