गण्डकी अपडेटः संक्रमित हुनेको संख्या एक लाख नाघ्यो,आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा थप एक संक्रमितको ज्यान गएको छ। ज्यान जानेमा स्याङ्जा जिल्ला वालिङ नगरपालिका १० का ६४ वर्षीया पुरुषको रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

यो सँगै कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ४४० पुगेको छ ।पछिल्लो २४ घण्टामा प्रदेशमा २९० जना संक्रमित थपिएका छन् । भने ९४९ जना निको भएका छन् ।६५४ जनाको परीक्षण गर्दा ११ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

संक्रमित हुनेमा कास्कीका १७९, गोरखाका १, मनाङका १, मुस्ताङका ९, म्याग्दीका १५, लमजुङका १७, तनहुँका १०, नवलपरासीका ४, बागलुङका १९,पर्वतका ५ र स्याङ्जाका २६ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख २५४ पुगेको छ भने निको हुनेको संख्या ९३ हजार ५२७ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ८० हजार १६७ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा ५ हजार २८७ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ५ हजार २१६ जना होम आइसोलेसनमा रहेका छन् ।

  • २० माघ २०७८, बिहीबार १६:३५ प्रकाशित