स्थगित भएका लोक सेवाका परीक्षा फागुन ६ देखि

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थगित भएको लोक सेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् ।कोरोना भाइरसका कारण लोक सेवा आयोगका परीक्षाहरु स्थगित भएका थिए ।

लोक सेवा आयोगले समय तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह (अप्राविधिकरप्राविधि), शाखा अधिकृत वा सो सरह (प्राविधि)र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको छ ।

आयोगले स्थगित भएका सबै परीक्षा २०७९ सालको वैशाख १४ गतेसम्म सम्पन्न हुने उल्लेख गरेको छ ।

  • २० माघ २०७८, बिहीबार १४:३८ प्रकाशित