परराष्ट्रमन्त्री खड्कालाई कालो झण्डा देखाउने तीन जना पक्राउ

केन्द्रभाग मिडिया

उदयपुर ।

परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई कालो झण्डा देखाउने तीन जना पक्राउ परेका छन् ।

गृहजिल्ला उदयपुर गएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखाएका हुन् ।कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको हो ।

गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको परराष्ट्रमन्त्री खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटल अघि कालो झण्डा देखाएका हुन् ।

परराष्ट्रमन्त्री डा.खड्का त्रियुगा नगरपालिका–८ स्थित अम्बेरसिंह जनता माध्यमिक विद्यालय राजावासको बालबालिकाहरूलाई न्यानो कपडा र त्रियुगा नगरपालिका ९ स्थित सरस्वती गाउँमा ७२ घर परिवारमा जडान गरिएको विद्युत् उद्घाटन गर्न जाने क्रममा कालो झण्डा देखाएको हो ।

  • २० माघ २०७८, बिहीबार १४:२२ प्रकाशित