अनिश्चित बन्यो मन्त्रिपरिषद् बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

मन्त्रिपरिषदको नियमित बैठक अनिश्चित भएको छ । विहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको भएपनि आजको बैठक भने अनिश्चित भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव जनक भट्टले मन्त्रिपरिषदको बैठक आज नबस्ने बताए ।

उनले भने, ‘बिहिबार नियमित रुपमा मन्त्रिपरिषद बैठक बस्दै आएपनि आज मन्त्रिपरिषदको बैठक बस्दैन । अब अर्को बैठक सोमबार बस्छ होला ।’ यस्तै महिला बालबालिका मन्त्री उमा रेग्मीले पनि मन्त्रिपरिषद बैठक बस्ने टुंगो नभएको बताइन् । बिहिबार मन्त्रिपरिषद बैठक बसेर निर्वाचनको मिति घोषणा हुने अनुमान थियो ।

मन्त्रीपरिषद बैठक नबस्दा निर्वाचन मिति तोक्न विलम्ब भएको छ।

  • २० माघ २०७८, बिहीबार १३:५५ प्रकाशित