ब्राजिलमा भीषण बाढीः २८ जनाको मृत्यु

केन्द्रभाग मिडिया

काठमाडौं ।

ब्राजिलमा अविरल वर्षासँगै आएको भीषण बाढीमा परि कम्तीमा २८ जनाको ज्यान गएको छ। केही दिन देखि निरन्तर परिरहेको वर्षाले आएको बाढीमा परि हराएका ३ जनाको शव भेटिएसँगै ज्यान जानेको संख्या २८ पुगेको अन्र्तराष्ट्रि सञ्चारमाध्यमले जनाएको छ ।

त्यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरु बढीका कारण विस्थापित भएका बताइएको छ । बाढीका कारण त्यहाँका कैयौँ क्षेत्रमा असर परिरहेको छ । त्यहाँका केही सहरी र अधिकांश ग्रामीण क्षेत्रमा बिजुली छैन भने अविरल वर्षाका कारण छ दिन यतादेखि जनजीवन प्रभावित बन्दै गएको छ ।

केही व्यक्ति अझै पनि बेपत्ता छन् ।

  • २० माघ २०७८, बिहीबार १३:३९ प्रकाशित