सीके राउतका कार्यकताले गरे आजदेखि पूर्व-पश्चिम राजमार्ग बन्द

केन्द्रभाग मिडिया

file photo

जनकपुरधाम ।

जनमत पार्टीका कार्यकर्ताले आन्दोलन चर्काउँदै गएका छन् । उनीहरुले आज मधेश प्रदेशमा बन्द आह्वान गरेका छन् । उनीहरुले आजदेखि पुनः पूर्व–पश्चिम राजमार्ग बन्द गराएको छ ।बन्द आह्वानपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी खण्डमा सवारी चलेका छैनन् । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन् ।

आज विहानैदेखि राजमार्ग सुनसान देखिएको छ । केहि स्थानीयबाहेक लामो दूरीका सवारी चल्न सकेका छैनन् । राजमार्ग अन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी लगायतका ठाउँमा जनमतका कार्यकर्ताले सवारी आवागमनमा अवरोध गरेका छन् ।

अहिलेसम्म तोडफोड र आगजनीका घटना भएको छैन । तर, पूर्वघोषित राजमार्ग बन्दको अवज्ञा गर्ने सवारी साधनमा तोडफोड र आगजनी गर्ने चेतावनी जनमतका कार्यकर्ताहरुले दिएका छन् । राजमार्ग खुलाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् ।

डा. सीके राउतका कार्यकर्ताले किसानको मुद्धा उठाएर आन्दोलन गरिरहेका छन् । किसानलाई मलखाद समयमा उपलब्ध गराउनुपर्ने, सिंचाईको व्यवस्था वा कृषि विजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदे माग राखेर जनमत पार्टी एक महिनादेखि आन्दोलनरत छ । अहिलेसम्म सरकारले समस्या समाधानका लागि ठोष पहल गरेको छैन ।

  • २० माघ २०७८, बिहीबार १०:१४ प्रकाशित