आज अमेरिकी डलरको मूल्य कति पुग्यो , यस्तो छ अन्य देशको मुद्रादर (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४५ पैसा र विक्रीदर १२० रुपैयाँ ०५ पैसा कायम गरेको छ।

युरोपियन युरो आज एकको खरिददर १३५ रुपैयाँ र बिक्रीदर १३५ रुपैयाँ ६८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६० पैसा कायम छ ।

जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४५ पैसा र बिक्रीदर १० रुपैयाँ ५० पैसा रहेको छ ।कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ पैसा छ । भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • २० माघ २०७८, बिहीबार ०९:५८ प्रकाशित