माधव नेपालले भने,‘गठबन्धन कुनै हालतमा टुट्नेवाला छैन’

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।

एमसीसीकै कारण गठबन्धन टुट्ने, निर्वाचनसम्म गठबन्धन नटुट्ने चर्चा भइरहेको बेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन् ।

एकीकृत समाजवादी निकट अनेरास्ववियूको रक्तदान कार्यक्रममा नेपालले भने, ‘पत्रपत्रिकामा आएका कुराबाट दिमाग खराब नगर्नुस् । यो गठबन्धन टुट्ने बेला छैन ।’

आज मध्यान्हतिर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटेर गठबन्धन बलियो बनाएर जाने विषयमा छलफल गरेको नेताले बताए । ‘हामी तीनैजना बसेर छलफल गरौं । पत्रपत्रिकामा मनगढन्ते कुरा आएका रहेछन्,’ उनले भने, ‘यो गठबन्धनलाई बलियो बनाएर जाने विषयमा छलफल गरेका छौं ।’

यस्तै उनले जेठमा हुने स्थानीय तहको चुनावमा पनि गठबन्धनका साथ जाने बताए । ‘जेठमा स्थानीय तहको चुनाव हुँदैछ,’ अध्यक्षले नेपालले भने, ‘हामी गठबन्धन मिलेर जान्छौं । कसैले गठबन्धन तोडौँ भनेका होला । यो गठबन्धन तोडिनेवाला छैन ।’

  • १९ माघ २०७८, बुधबार १४:५९ प्रकाशित